PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

न्यूजिल्याण्डले दियो प्यासिफिक क्षेत्रका ६ देशलाई १६ लाख डोज भ्याक्सिन



पहिलोपोस्ट

न्यूजिल्याण्डले दियो प्यासिफिक क्षेत्रका ६ देशलाई १६ लाख डोज भ्याक्सिन

काठमाडौं : न्यूजिल्याण्डले आफूसँग रहेको कोभिड-१९ भ्याक्सिनलाई कम आय भएका मुलुकहरुमा वितरण गर्ने प्रतिवद्धता अनुरुप खोप वितरणमा सहमतिपत्रमा हस्ताक्षर गरेको छ। त्यहाँकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नले गत अप्रिल १५ मा आफूसँग भएको खोप निम्न आय भएका देशहरुमा वितरण गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

सोही अनुरुप न्यूजिल्याण्डले आफूसँग भएको १६ लाख डोज खोप प्यासिफिक क्षेत्रका ६ देशहरुमा कोभ्याक्स मार्फत २०२१ भित्र वितरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको हो। सोही अनुरुप पहिलो चरणमा दुई लाख ११ हजार २०० डोज खोप ६ देशरुमा वितरणका लागि छुट्याइएको छ। जसमध्ये पपुवा न्यूगिनीका लागि एक लाख ४६ हजार ४००, सोलोमन आइल्याण्डका लागि २८ हजार ८००, टिमोर- लेस्ट २४ हजार, टोंगा ४ हजार ८००, टुभालु ४ हजार ८०० र फिजीमा २ हजार ४०० वितरण हुने छ।

यो सबै डोजका लागि न्युजिल्याण्डले वितरणसहितको पूर्ण लगानी गर्ने छ। कोभ्याक्स सुविधामार्फत खोप वितरण गर्ने प्रतिवद्धता युरोपका विभिन्न देशहरुलेसमेत व्यक्त गरेका छन्। जसमध्ये बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन र स्वीडेनलेसमेत खोप प्रतिवद्धता व्यक्त गरेका छन्। त्यस्तै युनाइटेड अरब इमिरेटस्, अमेरिकालगायतले पनि खोप वितरणको प्रतिवद्धता जनाएका छन्।

गाभी र कोभ्याक्स खोप वितरणका लागि थप सहयोगको अनुरोध गरेको छ। १.८ बिलियन डोज भ्याक्सिनका लागि जुन २ सम्म थप २ बिलियन डलर अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell