PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एकल पिता तुषार कपूर भन्छन्, ‘जिन्दगीमा बिहे गर्ने योजना छैन’



पहिलोपोस्ट

एकल पिता तुषार कपूर भन्छन्, ‘जिन्दगीमा बिहे गर्ने योजना छैन’
Photo: Times of India

अभिनेता तुषार कपूर एक छोराका एकल पिता हुन्। उनले सन् २०१६ मा सरोगेसीको माध्यमबाट पिता बन्ने विकल्प रोजेका थिए। तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नरहेको बताएका छन्

भारतीय मिडियासँगको अन्तर्वातामा उनले भनेका छन्, ‘बिहे गर्ने कुनै योजना छैन। यदि मलाई यो बिषयमा कुनै द्विविधा थियो भने एकल पिता बन्ने बारेमा मैले सोच्ने थिइनँ। मैले एउटा समय र एउटा उमेरमा एकल पिता बन्ने निर्णय गरेँ। मलाई लाग्छ मैले सही कदम उठाएको छु। म अरु कुनै पनि विकल्प रोज्न सक्दिनँ।’

तुषारले आफूलाई भविष्यमा कसैसँग बाड्न नचाहने समेत बताएका छन्। 

नायक तुषार कपूर बलिउडका कलाकार जितेन्द्रका छोरा हुन्। उनले सन् २००१ मा अभिनेत्री करिना कपुरको साथमा फिल्म ‘मुझे कुछ कहना हे’बाट आफ्नो बलिउड यात्रा शुरु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell