PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

फेसबुकमार्फत स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

फेसबुकमार्फत स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज उपमहानगरपालिका बस्ने २४ वर्षीय सौरभ साहलाई नियन्त्रणमा लिएको हो।

साहले वीरगंजको विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई चरित्र हत्या गर्ने, धम्की दिने लगायत कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकास खनालले जानकारी दिए।

साहले बाइओबी नामको फेसबुक आइडी खोलेर स्वास्थ्यकर्मीको चरित्र हत्या गर्ने र धम्काउने गरेको खुलेको छ। साहले आफूलाई सञ्चारकर्मी र सामाजिक अभियान्ता बताउने गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला अदालतबाट सार्वजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell