PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

इङ्ग्ल्याण्डले अस्ट्रियालाई हरायो, बराबरीमा रोकिए जर्मनी र डेनमार्क



पहिलोपोस्ट

इङ्ग्ल्याण्डले अस्ट्रियालाई हरायो, बराबरीमा रोकिए जर्मनी र डेनमार्क

युरोकपको तयारीमा रहेको इङ्ग्लयाण्डले मैत्रीपूर्ण खेलमा अस्ट्रियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लयाण्डल् १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ५६ औं मिनेटमा गोल नै इङ्ग्याण्डको जितका लागि निर्णायक बन्यो।

युरोकपमा अस्ट्रिया समूह सी मा छ भने इङ्ग्ल्याण्ड समूह डी मा छ।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा जर्मनी र डेनमार्क बराबरीमा रोकिए। अस्ट्रियास्थित टिभोली स्टेडियममा सम्पन्न खेलमा जर्मनी र इङ्ग्ल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा जर्मनीले अग्रता बनाएको थियो। फ्लोरियन निउहउसको गोलमा अग्रता बनाए पनि २३ मिनेटपछि डेनमार्कले खेल बराबरीमा ल्यायो। जसका लागि युसुफ पउलसेनले गोल गरे। र, खेल १-१ को बराबरीमा रोकियो।

युरोकपमा जर्मनी समूह एफमा छ भने डेनमार्क समूह बी मा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell