PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?



पहिलोपोस्ट

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?

काठमाडौंः देशभरका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको एक महिना पुरा भएको छ।

बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा भयो। कोरोना संक्रमित थपिदैं जाँदा स्थानीय प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउँदै गए।

अहिले देशका ७५ वटै जिल्लामा निषेधाज्ञा गरिएको छ। मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन। केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी आए पनि उल्लेख्य सुधार भने भएको छैन। त्यसैले देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुलेको छैन। काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञाको समय थप गरिएको छ। जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ।

काठमाडौँ उपत्यकाभित्र मात्र होइन देशका अन्य जिल्लाहरूमा पनि निषेधाज्ञाको समय थप गरिएको छ। 

कुन जिल्लामा कहिले सम्म निषेधाज्ञा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell