PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १७ लाख पुग्यो



पहिलोपोस्ट

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १७ लाख पुग्यो
FILE PHOTO : Prashant Waydande/Reuters

भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ३४ हजार १५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या २ करोड ८४ लाख ४१ हजार ९८६ पुगेको छ।

यस्तै, २ लाख ११ हजार ४९९ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १७ लाख १३ हजार ४१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २ हजार ८८७ जनाको मृत्यु भएको छ। भारतमा हाल सम्म ३ लाख ३७ हजार  ९८९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell