PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पूर्व राजा ज्ञानेन्द्रको भिडियो सन्देश : सबै फ्रन्टलाइनमा जुट्नेलाई धन्यवाद



पहिलोपोस्ट

पूर्व राजा ज्ञानेन्द्रको भिडियो सन्देश : सबै फ्रन्टलाइनमा जुट्नेलाई धन्यवाद

काठमाडौं : कोभिड संक्रमणबाट मुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सुभेच्छा दिने सबैलाई धन्यवाद दिएका छन्। आज सार्वजनिक भएको उनको भिडियो सन्देशमा अहिलेको विषम परिस्थितिमा सक्रिय फ्रन्टलाइनरहरुलाई पनि धन्यवाद दिइएको छ।

‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं। तर, देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं,’ पूर्वराजा रानी दुवै उपस्थित भिडियोमा शाहले भनेका छन्, ‘महामारीको प्रकृया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य आवश्यकता पर्दछ।’

शाहले अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन्। त्यस्तै, सबै नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दै उपचारको क्रममा रहेका नेपाली शीघ्र स्वास्थ्य लाभसँगै जीवन गुमाउनेहरुको आत्मको शान्तिको कामना पनि गरेका छन्।

हरिद्वारमा कुम्भ मेलामा गएका शाह दम्पतीलाई नेपाल आएपछि कोभिड संक्रमण भएको थियो। जसका कारण नर्भिक अस्पतालमा भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell