PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग 



पहिलोपोस्ट

कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग 

काठमाडौं : गायक पशुपति शर्माले आफ्नो गृह जिल्लाका जनतालाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीले समस्यामा परेका स्याङ्जाबासीका लागि उक्त रकम सहयोग गरेका हुन्।

शर्माले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सञ्चालन गरेको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन्।

कोरोना महामारीको बेला यस पुण्य कार्यमा सहभागी हुन पाउँदा निकै खुशी लागेको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘मलाई कलाकारको रुपमा स्थापित गराउन स्याङ्जाबासीले दिएको मायालाई सम्झदै थोरै भएपनि हातेमालो गरेको छु।’

कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो राष्ट्र अनि जन्मस्थानका लागि सबै एकजुट हुन समेत आग्रह गरेका छन्।

कोरोनाको दोस्रो लहर आएसँगै लगाइएको निषेधाज्ञामा उनी स्याङ्जास्थित घरमै समय बिताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell