PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने



पहिलोपोस्ट

सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रवार बस्ने भएको छ। संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोस्टर रिफर्म, सर्वोच्चको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न पूर्ण बैठक बस्ने सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

ढकालले भोलिको बैठक जेठ १३ गते नै तय भएको बताए। ‘सेवा कटौती संशोधन अथवा सेवा प्रवाह संशोधन सम्बन्धमा १३ गते नै तय भएको हो,’ उनले भने, ‘यसमा संवैधानिक इजलास नियमावली संशोधन र रोस्टर रिफर्मको कुरा पनि आउला। सम्माननीय र माननीयज्यूलाई लाग्यो भने हाम्रो विविध भन्ने शीर्षकबाट यी विषय प्रवेश हुनसक्छ। छलफल हुनसक्छ।’

संवैधानिक इजलास गठन सम्बन्धी विवादमा मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक राखेर वरिष्ठताका आधारमा इजलास गठन गर्नेगरी नियमावली संशोधन गर्ने प्रतिबद्धता सर्वोच्च बार एशोसिएसनसँग जनाएका थिए।

बैठकमा सर्वोच्चका सबै न्यायाधीश उपस्थित हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell