काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।
नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।
इराकसँगको खेल भन्दा ताइपेइसँगको खेलमा प्लेइङसेट फरक छ। नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थान सुनिल बल र आशिष लामाले लिएका छन्।
नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै 'अवे' खेल खेलिसकेको नेपालले अब 'होम गेम'का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो।
नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।
समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।
विश्वकप छनोट अन्तर्गतका यसअघिको समूह बी मा नेपालले जित निकालेको एकमात्र टोली हो चाइनिज ताइपेइ। फिफा वरीयतामा १४१ औं स्थानमा रहेको ताइपेइलाई नेपालले यसअघिको खेलमा उसकै घरेलु मैदानमा २-० ले हराएको थियो।
यस्तो छ ताइपेइविरुद्ध उत्रने नेपालको प्लेइङ ११
