PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चाइनिज ताइपेइविरुद्ध नेपाललाई अग्रताः पहिलो हाफमा एक गोलले अघि



पहिलोपोस्ट

चाइनिज ताइपेइविरुद्ध नेपाललाई अग्रताः पहिलो हाफमा एक गोलले अघि
Photo: Kuwait FA

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा छन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको थियो।

खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विष्टले नेपाललाई अग्रता दिलाएका थिए। योसँगै विष्टको ताइपेइविरुद्ध कुल तीन गोल गरेका छन्। यसअघिको ताइपेइविरुद्धको खेलमा विष्टले नै दुई गोल गर्दा नेपालले जित निकालेको थियो। त्यस्तै इराकसँगको मैत्रीपूर्ण खेलमा पनि विष्टले सुरुवाती गोल गरेका थिए।

नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै 'अवे' खेल खेलिसकेको नेपालले अब 'होम गेम'का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो।

नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell