PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अमेरिकाले नेपाललगायत विश्वभरका देशलाई ८ करोड खोप सहयोग गर्ने



पहिलोपोस्ट

अमेरिकाले नेपाललगायत विश्वभरका देशलाई ८ करोड खोप सहयोग गर्ने

विश्वभर कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागि अमेरिकाले विभिन्न देशलाई ८ करोड खोप सहयोग गर्ने भएको छ। जो बाइडेन-कमला ह्यारिस प्रशासनले बिहीवार नेपाललगायत विश्वका विभिन्न देशहरुलाई खोप सहयोग गर्ने निर्णय गरेको हो

अमेरिकाले जुन महिनाको अन्तसम्ममा सो खोप बाँडिसक्नेछ। पहिलो चरणमा उसले साढे २ करोड खोप वितरण गर्नेछ। जसमा कोभ्याक्समार्फत ७५ प्रतिशत खोप बाँडिनेछ।

यसबाट कोरोनाका कारण जोखिममा रहेका धेरै देशहरु तथा त्यहाँका नागरिकको लागि समान रुपमा खोप उपलब्ध हुने बाइडेन-ह्यारिस प्रशासनले जनाएको छ। कोभ्याक्समार्फत खोप वितरण गर्दा ल्याटिन अमेरिका, क्यारेबियन देशहरु, दक्षिण तथा उत्तरदक्षिण एशियाली देशहरु र अफ्रिकी मुलुकलाई प्राथमिकतामा राखिने बताइएको छ।

अमेरिकाले बाँकी रहेको २५ प्रतिशत खोप तत्काल अत्यावश्क रहेका देशहरुलाई सहयोग गर्नेछ।

अमेरिकाले कोभ्याक्समार्फत ७० लाख खोप नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफ्गानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यु गिनी, ताइवान र पेसिफिक आइल्यान्डलाई बाँड्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell