PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अन्जन र नवयुगको गोलमा चाइनिज ताइपेइमाथि नेपालको सानदार जित



पहिलोपोस्ट

अन्जन र नवयुगको गोलमा चाइनिज ताइपेइमाथि नेपालको सानदार जित

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा नेपालले चाइनिज ताइपेइमाथि सानदार जित निकालेको छ। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले २-० को जित निकालेको हो।

पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो।

खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विष्टले नेपाललाई अग्रता दिलाएका थिए। योसँगै विष्टको ताइपेइविरुद्ध कुल तीन गोल गरेका छन्। यसअघिको खेलमा विष्टले नै दुई गोल गरेका थिए। त्यस्तै इराकसँगको मैत्रीपूर्ण खेलमा पनि विष्टले सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै ६९ औं मिनेटमा सुनिल बलको स्थानमा सब्चिट्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले दोस्रो गोल गरे। उनले खेलको ८१ औं मिनेटमा गोल थप्दै नेपालको अग्रता दोब्बर बनाएका थिए।

सुरुबाटै आक्रामक खेलमा उत्रिएको नेपालले पटकपटक आक्रमण बनाएको थियो।

नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ६ खेल खेल्दै ६ अंक जोडेको छ। यसअघि सबै 'अवे' खेल खेलिसकेको नेपालले अब 'होम गेम'का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। यसअघिको खेलमा पनि नेपालले चाइनिज ताइपेइमाथि २-० कै जित निकालेको थियो।

नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell