PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित



पहिलोपोस्ट

दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित
Photo: Indian Football Team/ twitter

विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

फितलो सुरुवात गरेको भारतका डिफेन्डर राहुले भेखे  १७ औं मिनेटमै रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा समेटिएको थियो। उता कतारका अब्दुल्लाजिज हातेमले ३३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए। त्यसपछि दुबैतर्फबाट गोल हुन नसक्दा खेल कतारले १-० ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै आजै सम्पन्न समूह इ कै अर्को खेलमा बंगलादेश र अफगानिस्तान १-१ को बराबरीमा रोकिएका थिए।

समूह इ मा कतार ७ खेलबाट १९ अंक जोड्दै शीर्षस्थानमा छ भने १२ अंक जोडेको ओमन दोस्रो, ५ अंक जोडेको अफगानिस्तान तेस्रो, ३ अंक जोडेको भारत चौथो र २ अंक जोडेको बंगलादेश तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell