PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बराबरीमा रोकिए अर्जेन्टिना र चिली



पहिलोपोस्ट

बराबरीमा रोकिए अर्जेन्टिना र चिली
Getty Images

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। अर्जेन्टिनास्थित स्टेडियो युनिको डे सान्टिआगोमा सम्पन्न खेलमा घरेलु टोली चिलीसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको २४ औं मिनेटमा अर्जेन्टिनाले लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। लौटरो मार्टिनेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान मेस्सीले अग्रता दिलाएका थिए। तर उता चिलीले १२ मिनेट नबित्दै खेल बराबरीमा ल्यायो। एलेक्सिस स्यान्चेजले ३६ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

त्यस्तै आजै भएको अर्को खेलमा उरुग्वे र पाराग्वे गोलरहित बराबरीमा रोकिए।

योसँग ५ खेलबाट १२ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने समान खेलबाट ५ अंक नै जोडेको चिली सातौं स्थानमा छ। त्यस्तै समान ७/७ अंक जोडेका पारग्वे र उरुग्वे चौथो र पाँचौं स्थानमा छन्। तालिकाको शीर्षस्थानमा ४ खेलबाट १२ अंक जोड्दै ब्राजिल रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell