PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

के आज काठमाडौंका सडकमा सवारीको चाप बढेको हो? कस्तो छ प्रहरीको चेकिङ?

के आज काठमाडौंका सडकमा सवारीको चाप बढेको हो? कस्तो छ प्रहरीको चेकिङ?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज बिहान काठमाडौं उपत्यकाभित्र सडकमा सवारीको चाप निषेधाज्ञाका अन्य दिनको तुलनामा बढी देखिएको छ।

उपत्यका भित्रका तीनवटै जिल्लाका स्थानीय प्रशासन कार्यालयहरुले आजबाट लागू हुने गरि केही खुकुलोका साथ १० दिनसम्म निषेधाज्ञा थप गरेको हो। धेरैले निषेधाज्ञा खुकुलो भएको भन्दै सडकमा निस्किएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। तर, निषेधाज्ञा खुकुलो नभएको र प्रहरीले अनावश्यक रुपमा हिँड्नेलाई कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरका एसपी सुशील सिंह राठौरले जानकारी दिए।

'खुकुलो भएको होइन। गाडीको हकमा धेरै पहिलेकै नियम नै छ। नियम अनुसार नभएको पाइए प्रहरीले पहिले झैं कारबाही गर्छ,' एसपी राठौरले भने।

आजदेखि एक साता बन्द भएका खाद्न्नका पसल ,डिपार्टमेन्टल स्टोर, वर्क शव र निर्माण समाग्री ढुवानीका सवारी साधन समेत आंशिक रुपमा खुलेका छन्। जसले गर्दा पनि सडकमा सवारीको भिड देखिएको प्रहरीको दावी छ।

त्यस्तै, अफिस टाइममा कार्यालय जाने सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी लगायत अन्य मानिसको उपस्थिति हुँदा पनि सवारी चाप केही बढेको हुनसक्ने एसपी राठौर बताउँछन्।

'बिहानको समयमा अलिक चाप हुन्छ। अफिस टाइम भएकाले पनि त्यस्तो देखिएको हो,' एसपी राठौरले भने।

कोरोना संक्रमण परीक्षण गर्न जाने, मृत्य संस्कार, बिरामी कुरुवा लगायत मानिसहरु बढेकाले पनि सवारी चाप बढेको हुनसक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५० भन्दाबढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेक गरिरहेको प्रहरीले जानकारी दिएको छ।

महाशाखाले अनावश्यक रुपमा गुडेका दैनिक काठमाडौं उपत्यकाभित्र १५ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell