PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

झापामा मात्रै २४ घण्टामा तीन जनाको मृत्यु



रासस

झापामा मात्रै २४ घण्टामा तीन जनाको मृत्यु

दमक : पछिल्लो २४ घण्टा भित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ। गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। यसअघि बिहीवार दिउँसो साढे ४ बजे पथरी शनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो। उक्त अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन्।

गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell