PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

छुटको ग्यास लिन उपभोक्ताको लामो लाइन : लाइन मिलाउनै प्रहरीलाई सास्ती

छुटको ग्यास लिन उपभोक्ताको लामो लाइन : लाइन मिलाउनै प्रहरीलाई सास्ती

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एउटा खाना पकाउने ग्यासमा २ सय ८० रुपैयाँ छुट दिइएपछि आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्रका साल्ट ट्रेडिङमा उपभोक्ताको लामो लाइन लागेको छ। बिहानदेखि नै चर्को गर्मी सहेर उपभोक्ताहरु छुटको ग्यास लिन कोभिड संक्रमण भुलेर पनि कुरिरहेका छन्। सोल्टी मोडस्थित साल्ट ट्रेङिङ अगाडि यस्तै भिड देखिएको हो।

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ। बजेटमार्फत् घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट आजबाट लागू भएको हो। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्। छुटमा ग्यास लिन उपभोक्ताले संक्रमण भुलेर भिडभाड गरेपछि प्रहरी टोली पुगेर व्यवस्थापन गरेको थियो। दुरी कायम गरेर ग्यास लिन प्रहरीले उपभोक्तालाई आग्रह गरेको थियो।

साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफूले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिन सुरु गरेको छ। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, मानिस टाढाबाट पनि सवारी साधन लिएर भए पनि ग्यास सिलिन्डर लिन पुगेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell