PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



पहिलोपोस्ट

नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं: सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई रिट दायर गरेको रिटमा सुनुवाइ सुरु भएको हो।

६ वटै रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा इजलास गठन भएको छ। जबराले दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडालाई इजलासमा राखेका छन्।

सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रयोजनका लागि केही दिनअघि नागरिक ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell