PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कमलाको एक छाक गाँसको आश, काम भएको भए खानका लागि को यसरी धाउँथ्यो?

कमलाको एक छाक गाँसको आश, काम भएको भए खानका लागि को यसरी धाउँथ्यो?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दुई साता भयो कमला कुमालले ठमेलको ठेलमठाल भिड छिचोलेर हात थाप्न थालेको। त्यो पनि केही किलो चामल र दुई छाक नुन भुटुनको जोहोको लागि। आज पनि उनी भिडमा थकेलिदैं थिइन्। केही दिनदेखिको चर्को घाम अनि छाक टार्ने जिम्मेवारीले सवितालाई चिर्चिराहट गराएको थियो।

मिन्ज फाउन्डेसनले निषेधाज्ञा भएदेखि प्रत्येक हप्ता खाना नपाएकाहरूलाई खाद्यान्न वितरण गर्दै आएको छ। राजधानीमा निषेधाज्ञाको मारमा पिल्सिएका आम सर्वसाधारण खाद्यान्न लिन शुक्रवार ठमेल पुग्छन्। दाताले दिने भन्दा बढी मानिसको भिड भएपछि कुपन सिस्टमबाट खाद्यान्न वितरण भइरहेको छ। खाद्यान्न पाउने आशामा सविता पनि ठमेल धाउँछिन्।

'कोठामा खानेकुराको गेडो छैन। काम नभएपछि आम्दानी हुने कुरै भएन। त्यसैले दुई सातादेखि खाद्यान्न पाइन्छ कि भनेर धाइरहेको छु,' कमलाले सुनाइन्।

सविता छोरी, ज्वाइँ र १७ महिनाको नातिसँग काठमाडौँको ठैंटी बस्दै आएकी छिन्। निषेधाज्ञाअघि ललितपुरमा एक घरमा काम गर्दै आएकी थिइन्। काठमाडौँ उपत्यकाभित्र बढ्दो कोरोना सङ्क्रमण सँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो। सविताको काम धाम टुट्यो। त्यसपछि सविताको चुलो बल्नै धौंधौं भयो। केही दिन त आफूसँग भएको रकमले जेनतेने निर्वाह भयो।

छोरी ज्वाँईको पनि सविताको जस्तै कमाई खाने बाटो टुट्यो। त्यसपछि भरेको खाना के खाने भन्ने चिन्ताले यसरी सवितालाई सताउन थाल्यो। जहाँ राहत पाइन्छ भन्ने कुरा सुन्थिन् उनको पाइला त्यतै डोहोरिन्थ्यो।

मिन्ज भन्ने संस्थाले प्रत्येक दिन ठमेलमा बिर्‍यानी वितरण गरिरहेको छ। शुक्रवार भने खाद्यान्न दिने गरेको छ। गएको लकडाउनमा पनि यस संस्थाले ६५ हजार भन्दाबढी प्लेट खाना र खाद्यान्न वितरण गरेको थियो।काठमाडौँमा वैशाख १६ गतेदेखि निषेधाज्ञा भएपछि फेरी रोकिएको राहत वितरण सुरु गर्‍यो। २० हजार प्लेट खाना वितरण गरिसकेको फाउन्डेसनका अध्यक्ष मेन्ज खान बताउँछन्। शुक्रवारको रातको लागि बुधवार नै ७ सय कुपन बाँडिएको थियो।

'हामीले ७ सयको कुपन बाड्छौं। तर मानिस १ हजारको हार हारीमा आउँछन् के गर्नै? हामीले पनि सकेको त गर्ने हो,' मिन्ज खानले सुनाए।

बुधवार बाँढिएको कुपन सविताको हातमा थिएन। उनी सात सय कुपनमा अटाइनन्। अनि जसरी अरू कुपन नभएर खाद्यान्न लिइ फर्किए कमलाको पनि त्यही हाल भयो। फेरि अर्को शुक्रवार नै कुर्नुपर्ने भयो।

'निषेधाज्ञा नभएको र काम गर्ने वातावरण भएको भए यसरी खाद्यान्न कहाँ पाइन्छ भन्दै आउनै पर्ने थिएन,' निराश हुँदै कमलाले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell