PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

‘गल्ली ब्वाई’ पछि फिल्म ‘प्रेम कहानी’मा फेरि एकसाथ देखिँदै रणवीर र आलियाको जोडी



पहिलोपोस्ट

‘गल्ली ब्वाई’ पछि फिल्म ‘प्रेम कहानी’मा फेरि एकसाथ देखिँदै रणवीर र आलियाको जोडी
Photo: DNA India

भारतीय निर्देशक करण जोहरले नयाँ फिल्म बनाउने भएका छन्। उनले फिल्म ‘तख्त’को कामलाई पछाडि सार्दै रोमान्टिक कमेडी फिल्म बनाउने तयारी गरेका हुन्

यसैबीच, फिल्मको नाम सार्वजनिक भएको छ। उक्त फिल्मको नाम ‘प्रेम कहानी’ राखिएको छ। जसमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका हुने पक्का भएको छ।

यसअघि पनि रणवीर र आलियाले फिल्म ‘गल्ली ब्वाई’ मा एकसाथ काम गरिसकेका छन्।

यस फिल्मको छायांकन मेबाट शुरु गर्ने करणको योजना भएपनि कोरोनाका कारण लकडाउन लागेपछि उनको योजना सफल हुन सकेन।

यो फिल्मको अहिले कथा लेख्ने काम भइरहेको छ। करणले फिल्मसँग जोडिएका सबै टिमलाई खोप लगाएपछि मात्र पहिलो चरणको छायांकन शुरु गर्ने योजना बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell