PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

त्रिपुरासुन्दरीका स्वास्थ्य चौकीलाई नेविसंघ महामन्त्री तिमल्सिनाको स्वास्थ्य सामग्री सहयोग



पहिलोपोस्ट

त्रिपुरासुन्दरीका स्वास्थ्य चौकीलाई नेविसंघ महामन्त्री तिमल्सिनाको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिनाले कोरोनाको महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

तिमल्सिनाले ‘कोभिड-१९ को महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत बिहीवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका हुन्। तिमल्सिनाले गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, उपाध्यक्ष दुर्गादेवी नेपाल, वडा अध्यक्ष, स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, एवं नेपाली कांग्रेसका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ स्थित घोर्थलीमा स्वास्थ्य चौकी, वडा नम्बर २ चोकटिमा स्वास्थ्य चौकी, वडा नम्बर ३ धुस्कुनमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टर, वडा नम्बर ४ पिस्करमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टर, वडा नम्बर ५ तौथलीमा स्वास्थ्य चौकी र वडा नम्बर ६ टेकानपुरमा स्वास्थ्य चौकी र आइसोलेसनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको हो।

उनले १० हजार थान सर्जिकल मास्क, एक हजार थान एन९५ मास्क, एन्टिजिन किट ५० थान, पीपीई सेट ११० थान, अक्सिमिटर ७ थानलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका छन्। सो क्रममा नेविसंघ महाराजगंज क्याम्पस इकाई सचिव सुमित बोहरा, संघका नेताहरु समीर लामा, सोनाम तामाङ, रामहरी नेपाल, तरुण दलका नेता जोगबिर भण्डारीलगायत अभियन्ताहरुको सहभागिता रहेको थियो।

धुस्कुन स्पेसल फेसबुक ग्रुपको नेतृत्व र समन्वयमा सञ्चालित सहयोग अभियानमा सहभागी हुँदै महामन्त्री तिमल्सिनाको नेतृत्वमा संकलित स्वास्थ्य सामग्री संक्रमित र प्रभावितहरु समक्ष पुर्‍याउने र तत्कालको आवश्यकता केही हदसम्म पूर्ति गराउन शुरु गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell