PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई बोर्डको पत्र



पहिलोपोस्ट

चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई बोर्डको पत्र

काठमाडौं : नेपाली चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ। तीन हजार चलचित्रकर्मीलाई खोपको माग गर्दै चलचित्र विकास बोर्डले मन्त्रालयलाई पत्र बुझाएको छ।

बोर्डका सदस्य तथा बोर्डको कोभिड-१९ व्यवस्थापन संयोजक राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र बुझाएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।

चलचित्र क्षेत्रमा काम गर्ने ३ हजार चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन माग गर्दै पत्र लेखेको राज कटुवालले बताए। साथै चलचित्र विकास बोर्डले बुझाएको पत्रमा स्वास्थ्य मन्त्रालय पनि सकारात्मक रहेको उनको भनाई छ।

साथै बोर्डले आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र विभिन्न सरकारी निकायहरुसँग खोपको लागि पहल गरिरहेको अध्यक्ष दाहालले सुनाए।

उनले भने, ‘सकेसम्म सम्पुर्ण चलचित्रकर्मीलाई एउटै ठाउँबाट बोर्डमार्फत नै खोप लगाउ भनेर प्रयास गरिरहेका छौँ। हेरौँ कत्तिको सफल भइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell