PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली सरकारमा को इन को आउट?



प्रकाश भण्डारी

ओली सरकारमा को इन को आउट?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल व्यापक हेरफेरको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का ८ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिने तय भएसँगै ओलीले हालको मन्त्रीमण्डल पनि हेरफेरको तयारी गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार अहिले एमालेका सरकारमा रहेका नेताहरु पनि आजको मन्त्रिपरिषद् विस्तारमा फिर्ता हुने भएका छन्। उनीहरुका ठाउँमा एमालेकै नेताहरु मन्त्री हुन लागेका हुन्।

एमालेका क-कसको गयो पद?

वैशाख ३१ गते भएको मन्त्रिपरिषद् पुनर्गठन अनुसार हाल १५ मन्त्री छन्। ओलीले रक्षा, गृहसहितका ८ मन्त्रालय आफैँसँग राखेका छन्। माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुको सांसद पद गएपछि सर्वोच्च अदालतले मन्त्री रहन नमिल्ने फैसला गरेको थियो। उक्त फैसला पछि आठ मन्त्रालय रिक्त भएका थिए।

मन्त्री पद गुमाउनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, कृषि मन्त्री पद्माकुमारी अर्याल,  सञ्चारमन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन मन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा समाजकल्याण मन्त्री जुलीकुमारी महतो सरकारबाट बाहिरिने भएका हुन्।

कसको निरन्तरता?

स्रोतहरुका अनुसार अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्ने भएका छन्। एमालेको पार्टी कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको बालुवाटार निकट स्रोतले जानकारी दियो। यस्तै रघुवीर महासेठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्। महासेठकी श्रीमती जुलीकुमारी महतो क्याबिनेटबाट आउट हुँदा उनी इन हुन लागेका हुन्।   

जसपाबाट को-को?

जसपका ८ जनाले पनि आजै शपथ लिने भएका छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, विमल श्रीवास्ताव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले मन्त्रीको शपथ लिने तय भएको छ। शपथ राति ८ बजेका लागि तय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell