PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नवनियुक्त मन्त्रीको शपथ आजै ८ बजे हुने



पहिलोपोस्ट

नवनियुक्त मन्त्रीको शपथ आजै ८ बजे हुने

काठमाडौंः नवनियुक्त मन्त्रीहरुको शपथ आजै राति ८ बजे हुने भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र एमालेकै नयाँ मन्त्रीहरुको शपथ हुन लागेको हो। 

कामचलाउ हैसियतमा परिणत भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सदस्य थप र हेरफेर गर्न लागेका हुन्। आफ्नो सत्ता संकट टारेका जसपाको महन्थ ठाकुर पक्षका दश जनालाई ओलीले मन्त्रीको जिम्मेवारी दिन लागेका हुन्। 

यस्तै, एमालेबाट यसअघि मन्त्री रहेका विष्णु पौडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ बाहेक अन्य सबैलाई पदमुक्त गरी नयाँ मन्त्री चयन गर्न लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell