PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुदूरपश्चिममा एमालेको घर झगडा पुग्यो संसदमाः ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माघव पक्ष उत्रियो बचाउमा



एम बम

सुदूरपश्चिममा एमालेको घर झगडा पुग्यो संसदमाः ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माघव पक्ष उत्रियो बचाउमा

कैलालीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ। शुक्रबार पहिलो दिन दुई वटा बैठक बसे। पहिलो बैठक जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भयो।

दोस्रो बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहराले स्थायी कमिटीको निर्णय अनुसार प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताबारे जानकारी गराइसकेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरे।  सभामुखले बैठक प्रारम्भको घोषण गरेलगत्तै बोहराले समय माग गर्दै भने, ‘राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन। एमालेले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा र प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा बसाइको व्यवस्थापन भएको मैले देखिनँ। नेकपा एमाले अब प्रतिपक्ष भएको छ। समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ।’

जेठ १४ गते नै समर्थन फिर्ताको जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेको पनि उनले बताए।

तर विशेष समयमा एमाले संसदीय दलको तर्फबाट धारण राख्दै सांसद अमरबहादुर साउदले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भन्ने निर्णय भएको स्पष्ट पारे। उनले मुख्यमन्त्री भट्टको बचाउ गरे।

विशेष समयमै माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले पनि मुख्यमन्त्रीको बचाउ गरे।

नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल र जनता समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले एमालेले प्रदेशसभालाई गराएको जानकारीमा मुख्यमन्त्रीले पुनर्विचार गर्नुपर्ने बताए।

माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा साझेदार रहेको एमालेको ओली गुट अल्पमतमा परेपछि एमाले स्थायी कमिटीको निर्णय कार्यान्वयन हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell