PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एमालेको सुदूरपश्चिम संसदीय दलका नेतालाई ओलीले सोधे स्पष्टीकरण



पहिलोपोस्ट

एमालेको सुदूरपश्चिम संसदीय दलका नेतालाई ओलीले सोधे स्पष्टीकरण

कैलालीः पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका छन्।

स्थायी कमिटी बैठकबाट जेठ १० गते सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर एमालेको सुदूरपश्चिम संसदीय दलले निर्णय विपरीत सरकारमा सहभागी भएपछि अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन्।

‘पार्टी केन्द्रले जारी गरे ह्विप उल्लङ्घन गरेको, गुटगत क्रियाकलापमा सक्रिय भएको तथा पार्टीलाई विखण्डित गर्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिएको हो’, प्रदेश कमिटी सचिव राजेन्द्र रावलले भने।

पार्टी अध्यक्षबाट स्पष्टीकरण सोधिएको रावलको भनाई छ।

शाहले भने स्पष्टीकरणबारे कुनै जानकारी नआएको बताए। ‘मैले हालसम्म यस विषयमा कुनै जानकारी पाएको छैन’, उनले भने, ‘स्पष्टीकरण आइपुगेपछि सोही अनुसारको जवाफ दिनेछु ।’

एमालेमा केन्द्रदेखि प्रदेशसम्मको गुटगत लडाइँ अहिले एकले अर्कालाई कारबाहीको तहसम्म पुगेको छ। सुदूरपश्चिममा भने ओली समूह कमजोर छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell