PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कोभिड-१९ विरुद्ध सिनोभ्याकको कोरोना भ्याकलाई पनि आपतकालीन प्रयोग अनुमति



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध सिनोभ्याकको कोरोना भ्याकलाई पनि आपतकालीन प्रयोग अनुमति

काठमाडौं : नेपाल सरकारले कोभिड-१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। 

औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड-१९  भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेड (कोरोना भ्याक) खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय भएको हो। 

भ्याक्सिन ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ।  यसअघि चीनको सिनोफार्मले विकास  गरी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको भेरोसेललाई पनि नेपालमा आपतकालीन प्रयोग अनुमति प्रदान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell