PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पर्साको धोबिनीमा १० करोडको लागतमा अस्पताल निर्माण हुँदै, डेढ वर्षभित्र काम पूरा गर्ने लक्ष्य



पहिलोपोस्ट

पर्साको धोबिनीमा १० करोडको लागतमा अस्पताल निर्माण हुँदै, डेढ वर्षभित्र काम पूरा गर्ने लक्ष्य
अस्पताल भवनको गुरुयोजना।

वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट २० किलोमिटर पश्चिममा पर्ने धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ। धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ।

१० करोडको लागतमा  निर्माण हुने अस्पतालको लागि ठेक्का साकार समेत भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार रौनियारले जानकारी दिए। ठेक्का साकार भई सम्बन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि आदेश समेत दिई सकिएको रौनियारले जनाए।

१५ बेडको अस्पताल १८ महिनाको अवधिमा निर्माण कार्य पूरा भई सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सरकारले यसअघि नै हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य लिए अनुसार धोबिनी गाउँपालिकामा पनि अस्पताल निर्माण गर्ने योजना अघि बढाइएको हो।

अस्पताल निर्माण भएपछि गाउँपालिकाका जनताहरुलाई स्वास्थ्य उपचारको लागि सदरमुकाम वीरगंज नै आउनु पर्ने बाध्यता हट्ने गाउँपालिकाको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell