PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कामचलाउ प्रधानमन्त्री ओलीले गरे मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ, यस्तो छ कार्यविभाजन



पहिलोपोस्ट

कामचलाउ प्रधानमन्त्री ओलीले गरे मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ, यस्तो छ कार्यविभाजन

काठमाडौंः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राति नवनियुक्त मन्त्रीहरुको शपथ भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। सरकारमा अब तीन उपप्रधानमन्त्री रहने छन्।

चुनावको घोषणा गरेर कामचलाउ बनिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। सत्ता साझेदारका रुपमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता महन्था ठाकुर पक्षलाई पनि उनले सरकारमा सहभागी गराएका छन्। 

कार्यविभाजन अनुसार प्रधानमन्त्रीसँग अन्य सात मन्त्रालय रहेका छन्। यस्तै, विष्णु पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिइएको छ। पौडेलले उपप्रधानसहित अर्थ, महतोले सहरी विकास र महासेठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेबाट शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ।

तत्कालीन एमालेका चारमात्र मन्त्री पुनर्गठित मन्त्रिपरिषदमा दोहोरिएका छन्। कृष्णगोपाल श्रेष्ठ शिक्षा, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, लीलानाथ श्रेष्ठ कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दोहोरिएका छन्। पौडेललाई मन्त्रालय यथावत राख्दै बढुवा गरिएको हो।

यस्तै, नयाँ कार्यविभाजन अनुसार शुक्रबार शपथ लिएका शरतसिंह भण्डारी उर्जा, विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अनिल झा खानेपानी तथा सरसफाइ, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, रेनुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई उर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell