PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

निषेधाज्ञामा समेत रोकिएन मदिरा तस्करी, १० लाखको मदिरा र ट्रयाक्टर प्रहरीको नियन्त्रण



पहिलोपोस्ट

निषेधाज्ञामा समेत रोकिएन मदिरा तस्करी, १० लाखको मदिरा र ट्रयाक्टर प्रहरीको नियन्त्रण

वीरगंज : गत वैशाख १६ यता देशका अधिकांश ठाउँमा निषेधाज्ञापछि नेपाल-भारत आवतजावतका लागि समेत तोकिएका सीमानाकाबाहेक अन्यत्रबाट रोक लगाइएको छ। यसका बाबजुद पर्साबाट भारततर्फ मदिरा तस्करीको क्रम भने रोकिएको छैन।

पर्सा प्रहरीले बिहीवार बिहान १ बजे भारततर्फ तस्करी हुँदै गरेको मदिरासहित त्यसका लागि प्रयोग गरिएको ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

कमसल र सस्तो मूल्यको ‘कस्तुरी’ ब्रान्डको मदिरा प्रहरीले जफत गरेको हो। इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको छिपहरमाई गाउँपालिका-२ बञ्जारीबाट तस्करी गर्न लागिरहेको अवस्थामा तीन सय कार्टुन मदिरा र गाडी नियन्त्रण लिएको जनाएको छ। त्यसलाई आवश्यक कारवाहीका लागि प्रहरीले भन्सार चलान गरेको छ।

पर्सा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार जफत गरिएको मदिराको मूल्य ट्रयाक्टरसहित करिब ११ लाख रुपैयाँ रहेको छ। प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा पूर्व सूचनाका आधारमा प्रहरी टोलीले बरामद गरेको हो। ट्रयाक्टरका चालक भने फरार भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell