काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका छन्। उनले ट्विटरमार्फट प्रधानमन्त्री केपी शर्माले शुक्रवार गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका हुन्।
प्रवक्ता शर्माले मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई दुइ/चार दिनको घामछाँया भएको बताएका छन्। उनले समस्या प्रधानमन्त्रीमा भएको भन्दै मन्त्री फाल्नु र पाल्नु समाधान नभएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्रीकै भाषामा - कलेजोमा छ क्यान्सर, बुढी औंलामा सिवाजल गोलि! समस्या प्रधानमन्त्रीमै छ। न मन्त्री फाल्नु समाधान हो न पाल्नु। ‘फैसला’सम्मलाई दुइ/चारदिनको घामछांया!’
पुनर्गठनमा टिप्पणी @PM_Nepal कै भाषामा - कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 4, 2021
समस्या प्रधानमन्त्रीमै छ l न मन्त्री फाल्नु समाधान हो न पाल्नु l `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !
