PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बराबरीमा रोकिए पोर्चुगल र स्पेन, इटलीको सहज जित



पहिलोपोस्ट

बराबरीमा रोकिए पोर्चुगल र स्पेन, इटलीको सहज जित
फोटो:स्पेन फुटबल फेडेरेसन

पोर्चुगल र स्पेनबीच गएराति सम्पन्न मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो स्टेडियममा १४७४३ दर्शकहरुको बीच सम्पन्न खेलमा घरेलु टोली स्पेन पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिएको हो।

युरोकपको तयारीमा रहेका दुबै टोली अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। स्पेनका अल्भारो मोराटाको प्रहार पोस्टमाथि ठोकिएर बाहिरिएको थियो भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हेडिङमा राम्रो अवसर पाए पनि उनको प्रहार बाहिरिएको थियो।

त्यस्तै गएराति नै सम्पन्न अर्को मैत्रीपुर्ण खेलमा इटलीले चेक रिपब्लिकमाथि सहज जित निकाल्यो। इटलीको बोलोग्नामा सम्पन्न खेलेमा घरेलु टोलीले ४-० को सहज जित निकाल्यो।

खेलको सिरो इममोबिलको गोलमा २३ औं मिनेटमा अग्रता बनाएको इटलीका लागि निकोलो बरेलाले ४२ औं मिनेटमा गोल थप्दा पहिलो हाफमा इटली दुई गोलले अघि रहेको थियो। दोस्रो हाफमा लोरेन्जो इनसाइनले इटलीका लागि अर्को गोल थपे। उनले ६६ औं मिनेटमा गोल गरेका थिए भने डोमेनिको बेरर्डीले ७३ औं मिनेटमा गोल थपे। र, इटलीलले ४-० को फराकिलो जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell