PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

इक्वेडरमाथि ब्राजिलको सहज जित



पहिलोपोस्ट

इक्वेडरमाथि ब्राजिलको सहज जित

विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले इक्वेडरमाथि जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले इक्वेडरमाथि २-० को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको इन्ज्युरी टाइममा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै नेइमार जुनियरले गोल थप्दा ब्राजिलले २-० को सहज जित निकालेको हो।

जितसँगै ब्राजिल ५ खेल खेलेर शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा कायम छ भने समान खेल खेलेर ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ। दोस्रो स्थानमा भने ११ अंक जोडेको अर्जेन्टिना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell