PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

डोटीको चाँसी गाउँका अधिकांश व्यक्तिमा देखियो कोरोना संक्रमण



रासस

डोटीको चाँसी गाउँका अधिकांश व्यक्तिमा देखियो कोरोना संक्रमण

काठमाडौं : डोटी जिल्लाको आदर्श गाउँपालिका १ चाँसी गाउँमा कोभिड १९ संक्रमितको संख्या बढ्दै गएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना परीक्षओ नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ।

सिङ्गो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। गाउँका अधिकांश व्यक्तिमा संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिले परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए।

भने,'सिङ्गो गाउँ नै कोभिड संक्रमणले प्रभावित छ। केहीले कोरोना परीक्षण गर्न मानेका छैनन्। संक्रमितको उपचारमा पनि समस्या छ।'

यतिमात्र नभई एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको पाइएको छ।

संक्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन। संक्रमण देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिए।

यस गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण संक्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell