काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधन भएको छ।
८४ वर्षीय श्रेष्ठको आज बिहान ८ बजे ओम अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका श्रेष्ठ वीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह लगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको सहयात्रीका रुपमा रहेर नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्याउने व्यक्ति हुन्।
पञ्चायती व्यवस्थाले उनको सम्पत्ति समेत सर्वश्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवन समेत व्यतित गरेका थिए।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै मर्माहत र दुःखी बनाएको जनाएका छन्।
