PahiloPost

May 14, 2025 | १ जेठ २०८२

माधव नेपाल निकट विद्यार्थी समूहद्वारा राजेन्द्र महतोको पुतला दहन, 'बहुल राज्य' अभिव्यक्तिको विरोध

माधव नेपाल निकट विद्यार्थी समूहद्वारा राजेन्द्र महतोको पुतला दहन, 'बहुल राज्य' अभिव्यक्तिको विरोध

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए। पदभार ग्रहण गर्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए।

महतोको अभिव्यक्तिको विरोधमा माधव नेपाल निकट विद्यार्थी समूह सडकमा ओर्लिएको हो। उनीहरुले आज राजधानीमा महतोको पुतला जलाउनुको साथै उनलाई 'राष्ट्रघाती' भन्दै नारा समेत लगाएका थिए।

त्यसक्रममा प्रहरी र विद्यार्थी समूहबिच केही समय धक्कामुक्की समेत भएको थियो। प्रहरीले माधव नेपाल निकट विद्यार्थीलाई पक्राउ गरेको छ।   



ट्रेन्डिङ पोस्ट

Ncell