PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

अब चार लिटर पेट्रोलको भाउ ५०० रुपैयाँ, डिजल र हवाइ इन्धनको पनि मूल्य बढ्यो



पहिलोपोस्ट

अब चार लिटर पेट्रोलको भाउ ५०० रुपैयाँ, डिजल र हवाइ इन्धनको पनि मूल्य बढ्यो

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मेट्टीतेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो। 

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ। 

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा हुने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell