PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ



पहिलोपोस्ट

गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ

वीरगंज : मानव बेचबिखनको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली गरी दुई जना रहेका छन्।

पर्सा प्रहरीले गोरखा घर भएका २० र २२ वर्षका दुई युवतीलाई ललाईफकाई भारतको बेतियामा बेच्न लागेको अवस्थामा बिहीवार साँझ ३ बजे वीरगंज-१६ ईनार्वा प्रहरी चौकी अगाडिबाट नियन्त्रणमा लिएको हो। शंकास्पद अवस्थामा वीरगंजबाट रक्सौलतर्फ गइरहँदा ईनार्वा प्रहरी चौकीमा सोधपुछ गर्दा उनीहरु समातिएका थिए।

पक्राउ पर्नेमा भारतको बिहारराज्य पूर्बी चम्पारण, पहाडपुर, अहिरओलिया गोदाम वडा नम्बर ४ बस्ने २७ वर्षीय अस्गर सैफी र तनँहुको दमौली नगरपालिका ५ बस्ने २६ वर्षीया सकिना खातुन भनिने सीता थापा क्षेत्री रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

उनका अनुसार दुवै जना पहिलेदेखि मानव बेचबिखन गतिविधिमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। पर्सा जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार नियनत्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसनधान भइरहेको उनले बताए।

दुवैले बेच्न लगिएकी युवतीलाई कन्या पूजाको लागि नेपालगंज जाऔं भनी ५०/५० हजारको लालच देखाएर घरबाट लिएर आएका थिए। नेपालगंज पुगेर पैसा लिन वीरगंज र त्यसपछि रक्सौल नजिकै बेतिया जानु पर्छ भनी भारत लैजादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell