PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ललिता निवास जग्गा प्रकरण: ४९ जना बिरुद्ध २१ दिने सुचना



पहिलोपोस्ट

ललिता निवास जग्गा प्रकरण: ४९ जना बिरुद्ध २१ दिने सुचना

काठमाडौंः सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ। ललिता निवासको जग्गा आफ्नो नाममा रहेका विभिन्न व्यक्तिहरुका लागि आइतबार २१ दिने सूचना सार्वजनिक गर्दै 'सरकारको नाममा कायम गर्न नपर्ने कारण खुलाउन' भनिएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्पस क्षेत्रभित्र पर्ने जग्गा विभिन्न व्यक्ति तथा संस्थाको नाममा रहेको भन्दै सूचना सार्वजनिक गरेको छ।

ती जग्गाहरु सरकारले आफ्नो नाममा कायम गर्न लागेको जानकारी दिइएको छ। यदि कसैलाई त्यो जग्गा सरकारको होइन आफ्नै हो भन्ने लाग्छ भने कार्यालयलाई २१ दिनभित्र सूचित गरिसक्नु पर्ने छ। नभए स्वतः जग्गा सरकारले आफ्नो नाममा पार्ने चेतावनी दिइएको छ।

ललिता निवास जग्गा प्रकरणमा अहिलेका बहालवाला मन्त्री, पूर्वप्रधानमन्त्री, सर्वोच्चका न्यायाधीश, व्यवसायी, अख्तियारका पूर्व प्रमुखलगायत धेरै जना सरकारी कर्मचारी मुछिएका छन्।

सरकारले विभिन्न ४९ जना संस्था तथा व्यक्तिको नामसहित तीन पुस्ते विवरण सार्वजनिक गरेको छ। जग्गाको कित्ता नम्बर पनि सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell