PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या



पहिलोपोस्ट

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

बुटवल : रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या भएको छ। शनिवार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए।

घर भन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार भइ मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव भैरहवा स्थित भीम अस्पताल पोष्टमार्टम गराई घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell