PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सिरहामा औषधि व्यवसायीलाई गोली हानियो, घटनाको अनुसन्धानको लागि तीन जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

सिरहामा औषधि व्यवसायीलाई गोली हानियो, घटनाको अनुसन्धानको लागि तीन जना प्रहरी नियन्त्रणमा

जनकपुरधामः सिरहाको  मिर्चैयामा एक जना औषधि व्यवसायीमाथि  गोली प्रहार भएको छ।

मिर्चैया नगरपालिका ५ का औषधि व्यवसायी रामसागर साफीमाथि शनिवार राति पौने ८ बजे अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धानको लागि तीन जना नियन्त्रणमा लिएको छ। घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइहरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell