PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ठमेलमा व्यवसायीसँग 'रकम असुलेपछि' सोह्रखुट्टेका डीएसपी कारवाहीमा



पहिलोपोस्ट

ठमेलमा व्यवसायीसँग 'रकम असुलेपछि' सोह्रखुट्टेका डीएसपी कारवाहीमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेका छन्।

उनलाई वृत्तको प्रमुख जिम्मेवारीबाट हटाइएको छ। अनुसन्धानका क्रममा रहेकाले डीएसपी खड्कालाई महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ। ठमेलका होटेल तथा रेष्टुरेष्ट व्यवसायीसँग रकम असुल गरेको आरोप लागेपछि उनीमाथि एक्सन लिइएको हो। 

'कारबाही गरेर परिसरमा तानिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

डीएसपी खड्काबिरुद्ध पटकपटक अनियमिता गरेको उजुरी पर्दै आएको थियो। एसएसपी सिंहले पनि यसअघि खड्कालाई बोलाएर सम्झाएका थिए। उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धानपछि नसिहत सहित कारबाही गरेको हो।

'विभिन्न व्यवसायीहरुसँग रकम लिएर राति अबेरसम्म समेत व्यवसाय चल्न दिएको देखिएको छ,' एक उच्च प्रहरी अधिकृतले भने।

डीएसपी खड्का एक वर्षभन्दा बढी समयदेखि सोह्रखुट्टे वृत्तको प्रमुख भएर बसिरहेका थिए। प्रहरी नियमावली अनुसार सामान्यतया एक वर्ष पूरा भएपछि सरुवा गर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell