PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

निषेधाज्ञामा खाना वितरण भन्दै यात्रु बोक्ने समातिए, गोंगबुबाट पोखरा पुगेको भाडा ५ हजार रुपैयाँ !



पहिलोपोस्ट

निषेधाज्ञामा खाना वितरण भन्दै यात्रु बोक्ने समातिए, गोंगबुबाट पोखरा पुगेको भाडा ५ हजार रुपैयाँ !

काठमाडौंः कोरोना संक्रमण बढेपछि देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञामा स्वास्थ्य सामाग्री देखि अन्य कुराम ठगी भइरहेको छ। त्यस्तै, राहतको खाना वितरण भन्दै यात्रुसँग महँगो भाडा लिएर ठगी गर्ने गरेको समेत भेटिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आज गोंगबुबाट यसरी ठगी गरेको अभियोगमा नुवाकोटका २८ वर्षीय जीवन नेपालीलाई नियन्त्रणमा लिएको छ। उनले पोखरा लैजाने भन्दै ३ जना यात्रुसँग ५ हजार रुपैयाँको दरले भाडा लिएको खुलेको छ।  सामान्य समयमा काठमाडौं देखि पोखराको भाडा माइक्रोबसमा ५ सय रुपैयाँ छ।

निषेधाज्ञामा अत्यावश्यक सवारी र जिल्ला प्रशासनबाट जारी गरिएको पासको आधारमा चल्न दिएको छ। तर, उनले बा ६ च २९०६ नम्बरको गाडीमा जय महाँकाल खाना वितरण अभियान लेखिएको व्यानर राखेर मानिस बोक्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र भएको निषेधाज्ञामा यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने ५३ जनालाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell