PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गोङ्गबुमा नेविसंघको प्रदर्शन,' प्रभुलाई भेटी चुरेको गिट्टी'

गोङ्गबुमा नेविसंघको प्रदर्शन,' प्रभुलाई भेटी चुरेको गिट्टी'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा प्रदर्शन गरेको हो। गोगंबु चोकमा भेला भएका नेविसंघ कार्यकर्ताहरूले नाराजुलस गरेका थिए। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए।

प्रभुलाई भेटी चुरेको गिट्टी' नारा लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए। नेविसंघको प्रदर्शनसँगै पुगेको प्रहरीले ९ जना नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell