PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार १ सय ३१ जना



पहिलोपोस्ट

थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार १ सय ३१ जना

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३ सय ७९ जनामा संक्रमण पुष्टी भएको हो। जसमा ३ हजार २४ जना पिसिआर र ४ सय ५५ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ७१ जनाको पिसिआर र ३ हजार २ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। सोही समयमा संक्रमण भएका ९९ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र १ हजार १ सय ३१ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमणबाट मुक्त हुनेको सङख्या भने ६ हजार ६ सय ३६ रहेको छ।

हाल देशभर संक्रिय संक्रमितको सङ्खया ८९ हजार २ सय १७ रहेको प्रवक्ता पौडेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell