PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने



पहिलोपोस्ट

कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं : यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेहरुले दोस्रो मात्राको लागि एउटै प्रकृतिको अस्ट्राजेनेका खोप पाउने भएका छन्। कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स खोप उपलब्ध गराउन असमर्थ भएपछि तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएकोले यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागका निर्देशक डा तारानाथ पोखेलले विज्ञप्ति जारी गर्दै १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने भएकोले धैर्यताका साथ प्रतिक्षारत रहन अनुरोध गरेका छन्।

‘भारत सरकारको खोपको निर्यात सम्बन्धि निर्णयले सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स फेसिलिटीबाट खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकोले तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएको जानकारी गराउदै, उक्त खोपको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनेका खोप, नेपाललाई प्राप्त भए पश्चात, १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने भएकोले धैर्यताका साथ प्रतिक्षारत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले २०७७ फाल्गुन २३ गते देखि चैत १० गतेसम्म कोभिशिल्ड खोपको पहिलो मात्राको खोप लगाएको थियो। दोस्रो मात्रा लगाउने समय भइसकेको अवस्थामा भारत सरकारको खोपको निर्यात सम्बन्धि निर्णयले सिरम र कोभ्याक्स दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र नेपाल सरकारलाई पठाएका थिए। सोही अनुसार सरकारले विकल्पको रुपमा अस्ट्राजेनेका खोपको प्रयोग गर्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell