PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

फिल्म ‘लप्पन छप्पन २’ टिमले २५० जना चलचित्र प्राविधिकलाई गर्‍यो खाद्यान्न सहयोग



पहिलोपोस्ट

फिल्म ‘लप्पन छप्पन २’ टिमले २५० जना चलचित्र प्राविधिकलाई गर्‍यो खाद्यान्न सहयोग

काठमाडौं : कोरोनाले गर्दा फिल्मको पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ। उनीहरुले एक वर्षदेखिको भाडा तिर्न सकेका छैनन्। साथै दैनिक जीवन चलाउन समेत गाह्रो छ।

कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्न गाह्रो भएको खबर सुनेपछि देश विदेशमा रहेका कलाकारहरू सहयोग गर्न जुटेका छन्। फिल्म ‘लप्पन छप्पन २’ को टिमले २५० जना प्राविधिकलाई खाद्यान्न सहयोग गरेको छ।

फिल्मका चाइनिज वितरक शान्त शर्माले बोधिसत्व बिहारका ताइवानी मास्टर ह्यूईगुआङ शीसँग सहयोगको लागि पहल गरेका थिए। चाइनिज वितरक शान्न शर्माको पहलमा फिल्म टिमले २५० जनालाई खाद्यान्न वितरण गरेको छ।

बोधिसत्व बिहारको सहयोगमा शनिबार फिल्म टिमले प्राविधिकहरुलाई खाद्यान्न वितरण गरेको थियो। टिमले प्रत्येकलाई २५ केजीको एक बोरा चामल, तीन लिटर तेल, पाँच किलो दाल सहयोग गरेको छ। उक्त खाद्यान्न वितरणमा अभिनेता पल शाह, नबिन लम्साल र अभिनेत्री करिश्मा मानन्धरले समेत उपस्थिति जनाएका थिए।

कोरोना महामारीबीच नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा सहयोग गर्न सक्रिय रुपमा लागिरहेका छन्। साथै उनले सहयोग गर्ने सबैलाई धन्यावाद समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell