PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए।

महतोको अभिव्यक्तिको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) सडकमा ओर्लिएको हो। उनीहरुले महतोको पुतला जलाउनुको साथै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नारा लगाएका थिए।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको हस्तक्षेपपछि विद्यार्थीहरु तितरवितर भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell