PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बालुवाटारबाट ओलीले एक्कासी गरे एमाले एकताको आग्रह, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए कारबाही नगर्ने



पहिलोपोस्ट

बालुवाटारबाट ओलीले एक्कासी गरे एमाले एकताको आग्रह, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए कारबाही नगर्ने

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि पुनः आह्वान गरेका छन्। एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल तथा झलनाथ खनाल समूहले ओलीसँग मिल्न नसकिने निष्कर्ष सार्वजनिक गरेकै दिन ओलीले एक्कासी ६ बुँदे प‍्रस्तावसहित एकताको आह्वान गरेका हुन्। विज्ञप्ति जारी गर्दै ओलीले पार्टीलाई कमजोर हुन नदिन पनि अपिल गरेका छन्।

एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ।

'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन्। मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन्,' ओलीले भनेका छन्।

संगठनात्मक क्षेत्रका निष्कर्ष कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ।

तर प्रस्ताव कार्यान्वयनमा ओलीले शर्त राखेका छन्। ओलीले नेपाल समूहसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिट फिर्ता गर्न शर्त राखेका हुन्। शर्त मानेमा नेपाल समूहका नेतालाई कुनै कारबाही नगर्ने विज्ञप्तिमा उल्लेख छ।

'आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ। यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी-कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell